८ कार्तिक २०८३, शनिबार

इराक र सिरियामा अमेरिकाले गर्‍यो हवाई आक्रमण , ४० जनाभन्दा बढीको मृत्यु

  • २० माघ २०८०, शनिबार
Image

काठमाडौं- इराक र सिरियाका विभिन्न सात ठाउँमा ३० मिनेटसम्म हमला गरेको जनाएको छ ।

 

अमेरिकाले इराक र सिरियामा हवाई आक्रमण गरेको हो ।  रोयटर्सका अनसार अमेरिकाले शुक्रबार इराक र सिरियामा  ड्रोनमार्फत हवाई आक्रमण गरेको छ।

 

उक्त हमलामा परि ४० जनाभन्दा बढीको मृत्यु भएको हो । अमेरिकाले इराक र सिरियामा रहेका इरानी समर्थक लडाकु र इरानी रिभोलुसनरी गार्ड समुहादारा प्रयोग भैरहेका ८५ अटा भन्दा बढी किल्लाहरुमा आक्रमण गरेको छ।

गत आइतबार जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा भएको घातक आक्रमणमा बदलामा अमेरिकाले इराक र सिरियामा आक्रमण सुरु गरेको रोयटर्सले जनाएको छ ।

 

जोर्डनमा इराकको ड्रोन हमलाबाट तिन जना अमेरिकी सेनाको मृत्यु  ४० जनाभन्दा बढी घाइते भएका थिए। त्यसपछी अमेरिकाले इरान समर्थित लडाकूविरूद जवाफी हवाई आक्रमण गर्न सक्ने चेतावनी

दिएको हो । तर कहिले आक्रमण गर्ने भन्नेबारे जानकारी दिएको थिएन् ।  

 

अमेरिकी राष्टपति जो बाइडेन र रक्षा मन्त्रालयका भनाइ उदृत गर्दै सिएनएनले लेखेको छ। हाम्रो प्रतिक्रिया सुरु भएको छ। यसका लागी समय र ठाउँ हामी छान्छौ।

 

अमेरिका मध्यएसिया वा संसारमा कहिँ पनि लडाइ र संघर्ष चाहिदैन तर जसले हामीलाई नोक्सान पुर्याउछन हामी जवाफ दिन्छौ।

प्रतिक्रिया

सम्बन्धित खवर