८ कार्तिक २०८३, शनिबार

कोशीमा एमाले नेतृत्वको सरकार पाँच महिनामै अल्पमतमा

  • २३ जेठ २०८०, मङ्गलबार
Image

काठमाडौं- कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने निर्णय गरेको छ। मंगलबार प्रदेश संसदीय दल र पार्टी पदाधिकारीबीच बसेको संयुक्त बैठकपछि नेकपा माओवादी केन्द्रले कोशी सरकार छाड्ने निर्णय गरेको हो।

माओवादीका १२ सांसदले समर्थन फिर्ता लिएसँगै हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ। ९३ सदस्यीय प्रदेशसभामा एमाले, माओवादी, राप्रपा र जसपाका गरी ५९ सांसदको समर्थनमा कार्की पाँच महिना अघि मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए। एमाले संसदीय दलका नेता कार्की गत पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका हुन्।

संयुक्त बैठकले सरकारमा सहभागी दुई मन्त्रीहरूलाई राजीनामा बुझाउने र संसदीय दललाई सरकारको समर्थन फिर्ता गर्न निर्देशन दिएको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताए।

मुख्यमन्त्री कार्की नेतृत्वको कोशी सरकारमा माओवादीको तर्फबाट कार्की नेतृत्वको सरकारमा दुई जना मन्त्री सहभागी थिए। माओवादी केन्द्रको सचिवालय बैठकले एमाले नेतृत्वको सरकारको समर्थन छोड्न निर्देशन दिएपछि सोमबारदेखि नै प्रदेश नेतृत्वमा सरकार छोड्नेबारे छलफल सुरु भएको थियो।


प्रतिक्रिया

सम्बन्धित खवर