काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले पनि देश छाडेका छन्। विमल शुक्रबार अस्ट्रेलियातर्फ गएका हुन्। उनले नेपाली राष्ट्रिय टिमबाट सन् २०१२ मा १४ वर्षको उमेरमा डेब्यू गरेर चर्चा कमाएका थिए।
उनले नेपाल, भारत र माल्दिभ्सका धेरै क्लबबाट फुटबल खेलेका छन्। पछिल्लो समय यसरी खेलाडीहरू सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलिया जाने क्रम बढेको छ।
यसअघि स्ट्राइकर दीपकराज सिंह ठकुरी, पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का अस्ट्रेलिया गइसकेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation