चितवन- चितवनको भरतपुर महानगरपालिका-१५ जानकी चोकमा बोलेरोको ठक्करबाट १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ५० वर्षीय वीरेन्द्र राउत रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
ना३च ११९ नम्बरको बोलेरोले बा८५प ३६२७ नम्बरको मोसालाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते राउतको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। मोटरसाइकल पछाडि सवार ४१ वर्षीय राजकुमार नेपाली घाइते भएको कार्यालयले जनाएको छ।
घाइते नेपालीको अवस्था खतरामुक्त छ। घाइते नेपालीको सोही अस्पतालमा उपचार भइरहेको छ। बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation