६ वैशाख २०८१, बिहिबार

मधेस प्रदेशका सांसदहरूले लिए शपथ

  • १५ पुष २०७९, शुक्रबार
Image

काठमाडौं- मधेस प्रदेशका नवनिर्वाचित १०४ प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार प्रदेशसभामा विभिन्न १० राजनीतिक दल तथा स्वतन्त्रबाट निर्वाचित १०४ सांसदले शपथग्रहण गरेका हुन्।

प्रदेशसभाका ज्येष्ठ सदस्य तथा समाजवादीपार्टीका गोविन्द बहादुर न्यौपानेले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

माओवादी केन्द्रका दुई जना, समानुपातिक कोटाका सांसद रजि हैदर र माला कर्णले भने सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशका कारण शपथ लिन पाएका छैनन्।


प्रतिक्रिया

सम्बन्धित खवर