१६ चैत २०८०, शुक्रबार

बालाजुमा यातायात मजदुरले जलाए प्रहरीको गाडी

  • १ फागुन २०७९, सोमबार
Image

काठमाडौं- काठमाडौंको बालाजु क्षेत्रमा प्रहरी र यातायात मजदुरबीच झडप भएको छ। ट्राफिक नियमको विरोध गर्दै यातायात अवरुद्ध पारेर यातायात मजदुर आन्दोलनमा उत्रिएका थिए।

सो क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो। झडपपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । आन्दोलनकारीले प्रहरीको गाडी जलाएका छन्। दुईवटा गाडीमाथि तोडफोड भएको छ।

प्रहरीका दुईवटा गाडीमा तोडफोड भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन्। झडपमा केही प्रहरी र आन्दोलनकारी घाइते भएको जनाइएको छ। प्रवक्ता रिजालले बालाजु क्षेत्रमा थप प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्।

उता महाराजगञ्जमा पनि यातायात मजदुरले सवारीसाधन रोकेका छन् । उनीहरूले चक्काजाम गरेर आन्दोलन गरिरहेका छन्।  

प्रतिक्रिया

सम्बन्धित खवर