९ कार्तिक २०८३, आइतबार

राजनीति नयाँ पार्टीप्रति विश्वप्रकाशको कटाक्ष : खहरेबाट बिजुली निकाल्न सकिँदैन

  • ३० असार २०८०, शनिबार
Image

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरुप्रति कटाक्ष गरेका छन्। पुराना पार्टीका दिनहरु गए भन्दै आएका नयाँ पार्टीहरुले धर्ती, देश, धर्मशास्त्र, संस्कृतिहरु सबै पुराना हुन् भनेर बिर्सन नहुने उनले बताए।

उनले पुरानो नाता सम्बन्धहरुलाई तोडिराखेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने बताए। निरन्तर बगिरहेका नदीहरुबाट नै देशले विद्युत् उत्पादन गर्नसक्छ भन्नेकुरा नबिर्सिन नयाँ राजनीतिक दलहरुसँग शर्माले आग्रह गरे।

महामन्त्री शर्माले कांग्रेस अझै बलियो, परिपक्व, संयमित र एकतावद्ध बन्नुपर्ने बेला आएको बताए। उनले साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी रुपमा अभियान घोषणा गरी पुरानो दललाई तरोतजकी बनाएर नविन बनाउने क्रम सुरु हुने जिकिर गरे। 

महामन्त्री शर्माले कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजविरुद्धको विधेयकमाथि चुनौती आउन लागेको भन्नेकुरा राखेको भन्दै मन्त्रीहरुबाट यस्तो जवाफ सुन्न नचाहेको बताए। उनले सबैखालका चुनौतीलाई चिरेर मिटरब्याजको विधेयक संसद्‌मा ल्याउनुपर्ने बताए।


प्रतिक्रिया

सम्बन्धित खवर