९ कार्तिक २०८३, आइतबार

राष्ट्रियसभाले गर्‍यो संसदीय सुनुवाइ समितिमा रहने तीन सदस्यको मनोनयन

  • १३ वैशाख २०८०, बुधबार
Image

काठमाडौं- राष्ट्रियसभाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको मनोनयन गरेको छ। बुधबार बसेको राष्ट्रियसभाको बैठकले संसदीय सुनुवाइ समितिमा रहने तीन जना राष्ट्रियसभा सदस्यलाई मनोनयन गरेको हो।

समितिमा राष्ट्रियसभा सदस्यहरू जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजंग रायमाझी रहेका छन्। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा रहने तीन सदस्यलाई मनोनयन गरेको जानकारी बैठकमा गराएका थिए।

तीन जनाको नाम बैठकले सर्वसम्मत रूपमा पारित गरेको थियो। शर्मा नेकपा माओवादी केन्द्र, दाहाल नेकपा एमाले र रायमाझी नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर