९ कार्तिक २०८३, आइतबार

नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने

  • ८ चैत २०८०, बिहिबार
Image

२०८० चैत ०८ बिहिवार

काठमाडौँ- बैंकिङ प्रणालीबाट आज राष्ट्र बैंकले ५० अर्ब तरलता तान्दै छ । नेपाल राष्ट्र बैंकले बिहीबार ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । बैक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत १४ दिनका लागि ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ। 

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप सङ्कलन उपकरणमार्फत निरन्तर बैंकिङ प्रणालीमार्फत तरलता तानिरहेको छ । 

चैत ३ गतेको पछिल्लो रिपोर्ट अनुसार बैंक तथा वित्तीय संस्थाहरूले सङ्कलन गरेको निक्षेपको आकार ६१ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । तर सोही अवधिमा बैंकहरूले गरेको कर्जा लगानी भने जम्मा ५० खर्ब ८० अर्ब रुपैयाँ हारहारी मात्र देखिएको छ। 

अन्तर बैंक ब्याजदर २.७३ प्रतिशत रहेकोमा ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.३२ प्रतिशतमा झरेको हो । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा/निक्षेप अनुपात (सीडी रेसिया) ७९.७१ प्रतिशत मात्र कायम गरेका छन्। यसो हुँदा हाल बैंकहरूसँग ६ खर्बमाथि लगानी योग्य पुँजी (तरलता) रहेको बुझियो। जसले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरूमा रिभर्स रिपो अर्थात् निक्षेप सङ्कलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ । 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर