काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशमा उत्पादित वस्तु तथा सामग्रीहरूको उत्पादन वृद्धि र बजारीकरण गर्न जोड दिएका छन् ।
आइतबार नेपाल उद्योग परिसंघको १९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै देउवाले नेपालको अर्थतन्त्रमा आन्तरिक तथा बाह्य चाप परेको भन्दै यसलाई निकास दिन विदेशमा उत्पादित महगा र विलासीपूर्ण वस्तुहरू स्वदेशमा आयात गर्न छोड्नुपर्ने बताए ।
चालु आर्थिक वर्षको मौद्रिक नीति बजेटलाई सहयोग पुग्ने गरेर आएको देउवाले बताए। मौद्रिक नीतिमा मुलुकमा कृषि क्षेत्र, उत्पादनमुलक, निकासीजन्य उद्योगको विकासको लागि सहयोग पुर्याउने लक्ष्य रहेको उनको भनाइ थियो।
मौद्रिक नीतिले प्रदान गरेका सहुलियतपूर्ण व्यवस्थाहरूको उपयोग गरी उत्पादनमुलक तथा निकासीजन्य उद्योगको विकासमा लाग्न उद्योगीहरूसँग उनको आग्रह छ।
‘भर्खरै यस वर्षको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरेर मौद्रिक नीति सार्वजनिक गरिएको छ । यसबाट मुलुकमा कृषि क्षेत्र, उत्पादनमुलक, निकासीजन्य उद्योगको विकासको लागि सहयोग पुर्याउने नीति छ,’ देउवाले भने, ‘मौद्रिक नीतिले प्रदान गरेका सहुलियतपूर्ण व्यवस्थाहरुको उपयोग गरी उत्पादनमुलक तथा निकासीजन्य उद्योगको विकासमा लाग्न अनुरोध छ।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation