काठमाडौं- एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तान 'ए' लाई १८० रनको लक्ष्य दिएको छ। कोलोम्बो क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रनको योगदान दिए। १०१ बलको सामना गरेका सोमपालले ९ चौका र २ छक्का प्रहार गरे। यस्तै, प्रतिश जिसीले २६ रन जोडे। २४ बलको सामना गरेका प्रतिशले २ छक्का र १ चौका प्रहार गरे।
यसैगरी, कुशल मल्ल र अर्जुन साउदले १७-१७ रन जोडे। यस्तै, गुल्सन झापले १३, ओपनर आसिफ शेख १२ रन, कप्तान रोहित पौडेल ४ तथा पवन सराफ र कुशल भुर्तेलले १-१ रनको योगदान दिए। ललित नारायण राजवंशीले १ रन जोड्दा भीम सार्की भने शून्य रनमै आउट भएका थिए।
बलिङतर्फ पाकिस्तानका लागि साहनावाज दाहानीले ५, मुहम्मद वासिमले ४ र मुबासिर खानले १ विकेट लिए । पाकिस्तानले केहीबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation