८ कार्तिक २०८३, शनिबार

भैरहवा नजिकै बस दुर्घटना, ९ जनाको मृत्यु

  • २२ जेठ २०७९, आइतबार
Image

काठमाडौं- जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस आइतबार बिहान भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना भएको छ। 

लु २ ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस आइतबार बिहान पौने ५ बजेतिर भैरहवा नजिकैको रोहिणी पुलबाट तल खोलामा खसेको हो। 

सुरक्षाकर्मी र स्थानीयको उद्धारमा करिब ३ दर्जन घाइते यात्रुलाई उद्धार गरी अस्पतालमा पुर्‍याइएको हो। जसमध्ये ९ जनाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले तीनवटा जेसीभीको माध्यमबाट दुर्घटनामा परेको बसलाई पल्टाएर यात्रुको उद्धार गर्ने क्रम जारी रहेको बताए।

केसीका अनुसार अहिलेसम्म ३२ यात्रुको उद्धार गरी भैरहवास्थित भीम अस्पतालमा र युनिभर्सल शिक्षण अस्पतालमा पुर्‍याइएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर