८ कार्तिक २०८३, शनिबार

बढ्यो हवाई भाडा, काठमाडौं-धनगढीको साढे १५ हजार रुपैयाँ

  • १० जेठ २०७९, मङ्गलबार
Image

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य बढेपछि हवाई भाडा समेत बढेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै हवाई इन्धनको समेत मूल्य बढेपछि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका हुन् ।

सोमबार एक सूचना जारी गर्दै वायु सेवा सञ्चालक संघले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेको जनाएको छ। संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट काठमाडौं–धनगढी पुग्न अधिकतम १५ हजार ६६५ रुपैयाँ लाग्ने भएको छ। यो रुटमा एकै पटक ४४५ रुपैयाँ भाडा बढेको हो ।

यसअघि इन्धनको मूल्य ६ हजार ८९० रुपैयाँ रहेको यो रुटमा अब इन्धनको मूल्य मात्र ७ हजार ३३५ रुपैयाँ पुगेको छ। यस्तै काठमाण्डौ–नेपालगञ्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५ रुपैयाँ, विराटनगर ९ हजार ३२५, जनकपुर ४ हजार २५०, भरतपुर ४ हजार ४३५, पोखरा ६ हजार ३०५ रुपैयाँ, भैरहवा ७ हजार ८८० रुपैयाँ पुगेको छ।

बढेको भाडा आगामी बुधबार अर्थात् जेठ ११ गतेदेखि लागू हुने संघले जनाएको छ । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी १६६ रुपैयाँ पुर्‍याएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर