काठमाडौं- जनता समाजवादी पार्टीले पहिलो चरणमा अशोक राईलाई मात्रै सरकारमा पठाउने भएको छ। अध्यक्ष उपेन्द्र यादवले राईको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाएका छन्। राईले शिक्षा मन्त्रालयको जिम्मेवारी पाउनेछन्।
सँगसँगै जसपाको भागमा परेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पनि तत्कालका लागि राईले नै सम्हाल्ने जसपानिकट स्रोतले जनाएको छ। जसपामा प्रदीप यादव र राजकिशोर यादवले पनि मन्त्रीका लागि लबिङ गरिरहेका छन्। प्रदीप र राजकिशोर दुवैले दाबी नछोडेपछि अध्यक्ष यादवले तत्कालका लागि राईलाई मात्रै सरकारमा पठाउने निर्णय गरेका हुन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation