१८ मंसिर २०७९, आइतबार

डोल्पाबाट एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित

  • ८ मंसिर २०७९, बिहिबार
Image

काठमाडौं- डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित भएका छन्।

उनले ११ हजार २२५ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४९८ मत पाए। तेस्रो स्थानमा रहेका राप्रपाका अंगतकुमार बुढाले ६६१ मत पाए।

डोल्पाबाट बुढाको यो तेस्रो जित हो। उनी यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि डोल्पाबाटै विजयी भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर