काठमाडौं- नेकपा एमालेका प्रमेख सचेतक पदम गिरीले प्रधानमन्त्री सचिवालयको दरबन्दी कटौती गर्न माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुतसहित छलफलमा भाग लिँदै उनले प्रधानमन्त्रीको सचिलवालयमा ७९ जनाको दरबन्दी रहनु आवश्यकताभन्दा बढी भएको र भएका कर्मचारीलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकिएको बताए।
उनले नीति तथा कार्यक्रममा उल्लेख भएका हातहतियार खरिद गर्ने विषय बजेटमा नल्याइनु विडम्बना भएको जनाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्यटनलक्षित नयाँ कार्यक्रम नभएको बताए। सांसद गिरीले बिना तयारी विमानस्थलको संख्या बढाउँदै मुलुकले आर्थिक नोक्सानी ब्यहोर्नेतर्फ पनि ध्यानाकर्षण गराए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation