काठमाडौं- नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र सभामुख अग्निप्रसाद सापकोटाबीच शिष्टाचार भेट भएको छ।
सोमबार संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा उनीहरुबीच शिष्टाचार भेट भएको सभामुख सापकोटाको नीजि सचिवालयले जनाएको छ। ली चार दिने नेपाल भ्रमणका लागि सोमबार ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै आइपुगेका हुन् ।
सोमबार दिउँसो काठमाडौं उत्रिएका लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले स्वागत गरेका थिए। लीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने छन्।
लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्तासमेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation