८ कार्तिक २०८३, शनिबार

कर्णालीका मुख्यमन्त्रीले तेस्रोपटक पाए विश्वासको मत

  • १५ वैशाख २०८०, शुक्रबार
Image

सुर्खेत- कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार प्रदेसभाको १४औँ बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन्।

उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत प्राप्त गरेका हन्। मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका थिए।

मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा २९ मत परेको छ भने विपक्षमा १० मात्रै परेको छ। उनले नेकपा एमाले र राप्रपा बाहेक सबै दल तथा स्वतन्त्र सांसदको मत प्राप्त गरेका हुन्। 

उनलाई माओवादीको १३, कांग्रेसको १४, समाजवादीको १ र एक जना स्वतन्त्र सांसदको मत प्राप्त भएको हो ।  

प्रतिक्रिया

सम्बन्धित खवर