काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको विवाद मिलेको छ। पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्वेको रोहवरमा मंगलबार ४ बुँदे सहमति भएपछि विवाद समाधान भएको हो।
नेविसंघको अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको कार्यसमितिलाई १० दिनभित्र पूर्णता दिने सहमति भएको छ।
यस्तै नेविसंघको आगामी १२ औं महाधिवेशन ८ महिनाभित्र सम्पन्न गर्ने, जिल्लामा देखिएका समस्या पार्टी नेतृत्वबीच छलफल गरी यथाशीघ्र समाधान गर्ने र जारी रिले अनसनलाई आजै स्थगित गर्ने सहमति भएको छ।
सहमति पत्रमा कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसी, नेविसंघ अध्यक्ष दुजाङ शेर्मा र नेविसंघ वृहत संघर्ष समितिको तर्फबाट उज्जल बज्राचार्यले हस्ताक्षर गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation