८ कार्तिक २०८३, शनिबार

चैत्र १० गतेसम्म सरकार विस्तार हुन्छ : प्रधानमन्त्री प्रचण्ड

  • ३ चैत २०७९, शुक्रबार
Image

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत्र १० गतेसम्म सरकारले पूर्णता पाउने बताएका छन्। शुक्रबार लगानी बोर्डको बैठकपछि कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले शुक्रबार उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सरकार विस्तारका बारेमा पनि छलफल गर्ने बताए।

‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु। विश्वासको मत ६ गते लिने भनिएको नै छ। त्यसको ४ दिनभित्रमा सरकारलाई पूर्णता दिन्छु’, प्रधानमन्त्री प्रचण्डले भने। प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार हुन कुनैपनि अफ्ठ्यारो नरहेको समेत बताए।

प्रतिक्रिया

सम्बन्धित खवर