८ कार्तिक २०८३, शनिबार

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

  • ५ असोज २०८०, शुक्रबार
Image

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। हिजोबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु बैठक आज पनि बस्ने भएको हो।  बैठक बिहान ११ बजेदेखि  सुरु हुनेछ।

हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले आठ नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेको जानकारी दिएका थिए । उनले अझै धेरैजना महत्त्वपूर्ण व्यक्तिहरू छुटेको भन्दै केन्द्रीय समितिमा ल्याउन नसकेकाहरूलाई महासमितिमा मनोनीत गर्ने बताएका थिए।

उनीपछि महामन्त्री गगन थापाले अघिल्लो बैठकले गरेका निर्णय कार्यान्वयनको प्रगतिविवरण र तत्कालीन योजनाहरू प्रस्तुत गरेका थिए। महामन्त्रीपछि सात प्रदेशका प्रदेश सभापतिहरू, उपसभापति पूर्णहादुर खड्कासहितले आफ्नो धारणा राखेका थिए। आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्। 

प्रतिक्रिया

सम्बन्धित खवर