८ कार्तिक २०८३, शनिबार

स्थानीय तह निर्वाचनका लागि दल दर्ता आजदेखि

  • ५ फागुन २०७८, बिहिबार
Image

काठमाडौं । आगामी वैशाख ३० का लागि तय भएको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ता खुल्ला गरेको छ । आयोगले स्थानीय तहको निर्वाचनमा सहभागी हुने राजनीतिक पार्टीले आजदेखि फागुन १५ गतेसम्म दल दर्ता गराउन सक्ने जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजदेखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने बताए । सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको छ।

आयोगका अनुसार आजदेखि लागू हुनेगरी १० दिनको समय दिएर दल दर्ताका लागि आज सूचना जारी गरिँदै छ। स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहने दलले आफ्नो दर्ता गर्नुपर्नेछ।



प्रतिक्रिया

सम्बन्धित खवर