८ कार्तिक २०८३, शनिबार

सन्दीप लामिछाने प्रकरणमा दुई जनाको बकपत्र गराउन आदेश

  • २६ चैत २०७९, आइतबार
Image

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले दुई जनाको बकपत्र गराउन आदेश दिएको छ। आइतबार जिल्ला न्यायाधीश शंकरराज बरालको इजलासले दुई जना सरकारी साक्षीको बकपत्र गराउन आदेश दिएको हो।

बरालको इजलासले किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको सन्दीपका वकिल मुरारी सापकोटाले जानकारी दिए। लामिछानेका वकिलले दुई साक्षीको बकपत्र बाँकी रहेको भन्दै उनीहरूको बकपत्र गराउन निवेदन दिएका थिए।

सोही निवेदनका आधारमा दुई जना साक्षीको बकवत्र गराउन आदेश दिइएको हो। गत कात्तिक २९ गते न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, उनको आदेश उच्च अदालत (पाटन)ले बदर गरेपछि सन्दीप धरौटीमा रिहा भएका थिए।

सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लगाइएको प्रतिबन्ध पनि फुकुवा गराएको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा लामिछानेलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर