८ कार्तिक २०८३, शनिबार

प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली

  • १५ माघ २०७९, आइतबार
Image

काठमाडौं- सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।

राष्ट्रपतिको निर्वाचन, रवि लामिछानेको नारिकताका सम्बन्धमा सर्वोच्चको आदेशपछिको परिस्थिति लगायतका विषयमा छलफलका लागि ओली बालुवाटार पुगेको बताइएको छ।

लामिछानेले नेपाली नागरिकता पुनःप्राप्ति गरेपछि ओली उनलाई पुनः उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउनुपर्ने पक्षमा छन्। एमाले नेताहरुले लामिछानेमाथिको मुद्दालाई षडयन्त्रको रुपमा व्याख्या गरिरहेका छन्। उनलाई पुनः पुरानै पदमा बहाल गरेर गठबन्धन र सरकारलाई पुरानै स्थितिमा फर्काउनुपर्ने उनीहरुको धारणा छ।

प्रधानमन्त्री प्रचण्डले भने पुनः बहालीको विपक्षमा मत राखेको माओवादी केन्द्रका एक नेताको दाबी छ। प्रचण्डलाई सत्ता साझेदार राप्रपाको पनि साथ छ।

लामिछानेले नागरिकता लिएको स्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टीको पनि केन्द्रीय समिति बैठक बसेको छ। आइतबार पार्टी कार्यालयमा बसिरहेको बैठकले अन्य निर्णयका अतिरिक्त गृहमन्त्रालयमा दाबी यथावत् राख्ने निर्णय लिने एक नेताको भनाइ छ। नत्र सरकारबाट बाहिरिने उनले बताए।

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उपप्रधान तथा गृहमन्त्री बनेका रविको नागरिकता शुक्रबार सर्वोच्चले अवैध ठहर गरिदिएपछि उनले राजीनामा दिएका थिए। रविले आइतबार नागरिकता पुन:प्राप्ति गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर