९ कार्तिक २०८३, आइतबार

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले पनि दियो उम्मेदवारी

  • ११ माघ २०७९, बुधबार
Image

दाङ-  राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले पनि उम्मदवारी दिएको छ। नागरिक उन्मुक्तिका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिएका हुन्। 

रायको प्रस्तावकमा प्रदेश सभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेश सभा सदस्य धर्मबहादुर चौधरी छन। उनको उम्मेदवारी दर्ताका लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि प्रदेश निर्वाचन कार्यालय दाङमा  आएकी थिइन्।

यसअघि सत्तारूढ दलबाट एमालेका कुमार दसौदी र कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्यले उम्मेदवारी दिएका थिए। सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्तिले भने छुट्टै उम्मेदवारी दिएको हो।

अध्यक्ष श्रेष्ठले सरकारलाई समर्थन रहे पनि आफूहरु गठबन्धन दल भित्र नरहेको बताइन। राष्ट्रियसभा सदस्यको उपनिर्वाचन माघ २५ मा हुँदैछ। 

प्रतिक्रिया

सम्बन्धित खवर