८ कार्तिक २०८३, शनिबार

नेपाल प्रेस युनियनः संस्थापनइतरमा ब्यापक असन्तुष्टि, टिम बनाउँदै संस्थापन

  • ६ साउन २०७९, शुक्रबार
Image

काठमाडौं- नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा संस्थापन समूह र संस्थापनइतर समूह टिम बनाएर नै चुनावी मैदानमा होमिएको छ। 

संस्थापनबाट अनिता बिन्दु अध्यक्षको उम्मेदवार छन् भने संस्थापन समूहबाट शिव लम्साल अध्यक्षको उम्मेदवार बन्ने भएका छन्। संस्थापन इतर समूहका भने व्यापक असन्तुष्टि देखिएको छ। 

महासचिवमा दाबी गर्दै आएका खिला कार्की, उपाध्यक्षमा दाबी गर्दै आएका लिलाराज खनाल र कोषाध्यक्षमा दाबी गर्दै आएका मित्र भण्डारीलगायतलाई बाइपास गरेर टिम बनाइएकोमा ब्यापक असन्तुष्टि बढेको छ। 

संस्थापन इतर समूहले वरिष्ठ उपाध्यक्षमा प्रेम केसीलाई उम्मेदवार बनाएको छ भने संस्थापन समूहबाट सरोज अधिकारी उम्मेदवार छन्। केसी पार्टी राजनीतिमा गइसकेको भए पनि यताको भाग प्राप्त गर्नका लागि पार्टीबाट युनियनमा हामा फालेका हुन्। उनको प्रतिष्पर्धामा रहेका अधिकारी भने लामो समयदेखि पत्रकारहरुको हकहितको पक्षमा चट्टानी अडान लिने व्यक्ति हुन्। 

संस्थापन समूहले महासचिवमा जगननाथ दुलाललाई उम्मेदवार बनाएको छ भने संस्थापन इतर समूहले दिलिप पौडेललाई उम्मेदवार बनाएको छ। दुबै उम्मेदवारबीच कडा प्रस्पिर्धा हुने देखिन्छ। 

त्यसैगरी कोषाध्यक्षमा संस्थापन समूहले माधव धिताललाई उम्मेदवार बनाउँदा संस्थापन इतर समूहले भने यसअघि महासचिवमा दाबी गरेका रमेश वाग्लेलाई उम्मेदवार बनाएको छ। 

संस्थापबाट भिष्म ओझा खुला उपाध्यक्षका उम्मेदवार छन् भने नकुल अर्याल उनका प्रतिस्पर्धी छन्।

टिम जोगाउने सरोज

टिम जोगाउनका लागि अध्यक्षका उम्मेदवार सरोज अधिकारी एक कदम पछि हटेका छन्। 

विगत लामो समयदेखि नवौं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका अधिकारीले महिलालाई अघि सारेर युनियनको गरिमा बढाउन र टिमलाई जोगाउनका लागि एक कदम पछि हटेका हुन्।

उनले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने भएका छन्। संस्थापन समूहबाट अधिकारीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। 

उनले आफूलाई मात्रै केन्द्रमा राख्ने नभएर सबै पत्रकारहरुलाई समेटेर लैजानपर्छ भन्ने हेतुले आफू एक कदम पछि हटेको जनाएका छन्।

उद्घाटन आज 

युनियनको नवौं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। बगमती प्रदेशको हेटौंडामा प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं महाधिवेशनको उद्घाटन गर्ने भएका छन्। 

उद्घाटन समारोहका पार्टीका शीर्ष नेताहरु हेटौंडा पुगिसकेका छन्। प्रधानमन्त्री देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने शुक्रबार बिहान ८ बजे एकै हेलिकोप्टरमा आउने कार्यक्रम रहेको छ। 

शुक्रबार उद्घाटन हुने महाधिवेशनको बन्दसत्र पनि शुक्रबार बेलुका नै हुने आयोजक प्रेस युनियनले बताएको छ। आठौं केन्द्रीय समितिको अन्तिम बैठक बिहीबार बेलुका हेटौंडाको होटल एभोकाडोमा बसेको थियो। 

महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधिहरु हेटौंडा पुगिसकेका छन्। यस महाधिवेशनमा दुई समूह प्यानल नै बनाएर चुनावी मैदानमा होमिने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर