९ कार्तिक २०८३, आइतबार

संसदीय समितिका सभापति छान्न निर्वाचन प्रक्रिया अघि बढाउन प्रमुख तीन दल सहमत

  • १९ असार २०८०, मङ्गलबार
Image

काठमाडौं- प्रमुख तीन दलबीच संसदीय समितिका सभापति छिट्टै चयन गर्ने सहमति भएको छ। मंगलबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा संसदीय समितिका सभापति छिट्टै चयन गर्ने सहमति भएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए।

'संसदीय समिति नेतृत्वविहीन छन्। ती समितिलाई सकेसम्म छिटो नेतृत्व दिने सहमति बैठकमा भएको छ,' उनले भने। उनका अनुसार समिति सभापति चयनको प्रक्रिया सभामुख घिमिरेले दलका प्रमुख सचतेकहरूसँग छलफल गरेर अगाडि बढाउने छन्। 

१५ वैशाखमा प्रतिनिधिसभाका १० वटा विषयगत समिति गठन भएको थियो। तर, समितिले पूर्णता पाएको दुई महिना बितिसक्दा पनि सभापति भने चयन भएका छैनन्। सभापति सभापति चयन हुन नसक्दा समितिहरूले विधेयकमाथि छलफल गर्न सकेका छैनन्।

सभामुख घिमिरेले बोलाएको बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा,  प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कानुनमन्त्री धनराज गुरुङ सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित खवर