८ कार्तिक २०८३, शनिबार

नेकपा एस र जसपाबीच एकताको तयारी

  • १८ पुष २०७९, सोमबार
Image

काठमाडौं- नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकता गर्न छलफल भएको छ। एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जसपासँग एकताका लागि आफूहरू छलफलमा रहेको बताए।

एकीकृत समाजवादीको आजदेखि पोलिटब्यूरो बैठक चलिरहेको छ। केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता खतिवडाले जसपासँग छलफल भइरहेको बताए।

केही दिनअघि जनता समाजवादी पार्टीका प्रवक्ता मनीष सुमनले पनि दुई समाजवादीबीच एकता भए आश्चर्य नहुने बताएका थिए।  प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० र जसपाका १२ जना सां‌सद छन्।

एकीकृत समाजवादीले अहिलेको सरकारलाई समर्थन गर्ने वा नगर्ने तथा पार्टीका भावी रणनीतिबारे पोलिटब्यूरो बैठकमा छलफल गरिरहेको छ। शनिबार र आइतबार उक्त पार्टीको स्थायी कमिटी बैठक पनि बसेको थियो।


प्रतिक्रिया

सम्बन्धित खवर