३ जेठ २०८१, बिहिबार

बागमतीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

  • ७ जेठ २०८०, आइतबार
Image

मकवानपुर- बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ६ मन्त्रीलाई शपथ ग्रहण गराएका हुन्।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् विस्तारका लागि कार्य विभाजनसहित प्रदेश प्रमुख शर्मा समक्ष सिफारिस गरेका थिए।

एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम रोजगार तथा यातायात मन्त्री, राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्री, मसिना खड्का वन तथा वातावारण मन्त्री, पुकार महर्जन उद्योग पर्यटन तथा सहकारी मन्त्री, उत्तम जोशी स्वास्थ्य मन्त्रीमा नियुक्त भएका हुन्। यस्तै रामकृष्ण चित्रकार बिना विभागीय मन्त्रीमा नियुक्त भएका छन्।  

यसअघि २०७९ साल पुस २५ मा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका संसदीय दलका नेता जमकट्टेलले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। तत्कालीन समयमा सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी र  नेकपा (एमाले)मा मन्त्रीहरु पनि सहभागी थिए। तर राप्रपा र एमाले सरकारबाट बाहिरिएपछि रिक्त पदमा नयाँ मन्त्री नियुक्त गरिएको हो।


प्रतिक्रिया

सम्बन्धित खवर