८ कार्तिक २०८३, शनिबार

मध्यरातिको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनको बैठक आज पनि

  • ८ वैशाख २०७९, बिहिबार
Image

काठमाडौं- महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको हो। 

मंगलबार रातिदेखि बिहान साढे २ बजेसम्म गठबन्धनका शीर्ष नेताहरू सहमतिका लागि छलफलमा जुटे पनि अन्तिम निष्कर्षमा पुग्न सकेनन्। 

बैठकमा सहभागी नेताहरूले छलफल निष्कर्ष नजिक पुगेको बताएका छन्। सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले छलफल सकारात्मक रूपले अगाडि बढेको र निष्कर्ष नजिक पुगेको बताए। 

यसअघि महानगरको विषय भने टुंग्याएको बताएका थिए। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको मंगलबारको बैठकले सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको भागमा पर्साको वीरगञ्‍ज, चितवनको भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुखको उम्मेदवार उठाउने सहमति गरेको छ। 

त्यसैगरी माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपप्रमुख पाएको छ। नेकपा (एकीकृत समाजवादी)ले काठमाडौं र जनता समाजवादी पार्टी (जसपा)ले विराटनगर महानगरपालिकाको उपप्रमुख पाएको छ।

यसअघि गठबन्धनले माओवादी केन्द्रलाई भरतपुर, कांग्रेसलाई ललितपुर, काठमाडौं र विराटनगर, जसपालाई वीरगञ्‍ज र पोखरामा एकीकृत समाजवादी दिने सहमति गरेको थियो। पोखरामा कांग्रेस र एकीकृत समाजवादीको दाबी भए पनि अन्तिममा कांग्रेस पछि हटेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर