धनगढी- सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन्। आइतबार बिहान संसदीय दलको कार्यालयमा बसेको बैठकले दलको नेतामा भट्टलाई छनोट गर्ने निर्णय गरेको हो।
संसदीय दलको नेता चयन गर्ने विषयमा शनिबार दिउँसो माओवादी प्रदेश कमिटीको बैठक बसेको थियो। उक्त बैठक निष्कर्षविहीन भएको थियो। माओवादी केन्द्रका प्रदेश सभा सदस्य रमेशसिंह धामीले सर्वसम्मत रुपमा दलको नेता छनोट गर्ने म्यान्डेट प्रदेश समितिले दिए अनुसार सहमतिमै भट्ट चुनिएको बताए।
त्यसअघि कञ्चनपुर-२ बाट प्रदेश सभामा निर्वाचित ओमबिक्रम भाट सरल पनि संसदीय दलको नेतामा आकांक्षी रहेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation