९ कार्तिक २०८३, आइतबार

देउवा र प्रचण्डबीच नयाँ सरकार गठनबारे आज छलफल हुने

  • ९ पुष २०७९, शनिबार
Image

काठमाडौं- नयाँ सरकार गठनबारे नेपाली कांग्रसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डबीच' आज पनि छलफल हुने भएको छ। सरकार गठनबारे शुक्रबार वालुवाटारमा भएको छलफल निष्कर्षविहीन बनेपछि आज पुनः छलफल हुने भएको हो।

दुवै नेताबीच शुक्रबार साँझ पनि छलफल भएको थियो। छलफलमा दुवै नेताले प्रधानमन्त्रीको दाबी नछाडेपछि शुक्रबार साँझ सहमति हुन नसकेको बालुवाटार स्रोतले बताएको छ।

सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा घर्किंदै जाँदा दलहरु तीव्र छलफलमा छन्। वर्तमान सत्ता गठबन्धनबाटै सरकार गठनको  प्रयास भइरहेका बेला प्रचण्डले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग गरिरहेका  छन् भने कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयास गरिरहेको छ।  

प्रतिक्रिया

सम्बन्धित खवर