काठमाडौं- नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयनका लागि बैठक बोलाएको छ। बैठक ४ बजेदेखि सुरु हुने बताइएको छ।
संघीय संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदले शपथ लिइसकेपछि मात्र माओवादीले संसदीय दलको नेता चयन गर्ने भएको हो।
नेता चयनका लागि बैठक भनिए पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै दलको नेता चयन हुने निश्चित छ। प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी माओवादी केन्द्रका ३२ सांसद छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation