काठमाडौं- पार्टीभित्र छलफल नै नगरी कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले रेशम चौधरीलगायतका जेलजीवन बिताइरहेकाहरूलाई उन्मुक्ति दिन अध्यादेश ल्याउने निर्णय गरेपछि कांग्रेसमा व्यापक विरोध भएको छ।
कांग्रेसका दुई महामन्त्री र एक केन्द्रीय सदस्यले त्यसको सार्वजनिक रुपमै विरोध गरेका छन्। महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले अध्यादेशको विरोध सार्वजनिक रुपमै गरेको केही समयपछि केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि विरोध जनाएका हुन्।
उनले भनेका छन्, ‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि। पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ ? सबै विषयहरूको उचित हल हतारोमा अध्यादेश मार्फत् होईन, नव निर्वाचित संसद मार्फत् खोजौं।'
© Lok Kalam . Designed and Developed by Goldenmud Creation