८ कार्तिक २०८३, शनिबार

दोलखाको मतगणना : शिवाकोटीले घटाए मतान्तर, कार्की १८३ मतले अगाडि

  • १९ मंसिर २०७९, सोमबार
Image

काठमाडौं- दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रता कायमै राखेका छन्।  सोमबार विहानसम्मको मतगण्ना अनुसार कार्कीले ३३ हजार ६ मत पाउँदा उनका प्रतिस्पर्धी  नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ३२ हजार ८२३ मत पाएका छन्। माओवादीका कार्की १८३ मतले अगाडि छन्।

आइतबार राति १८ सय मतान्तरले पछाडि परेका शिवाकोटीले सोमबार विहानसम्म मतान्तर घटाएर १८३ पुर्याएका छन्। शुक्रबारदेखि सुरु भएको मतगणनामा कार्कीले अग्रता लिएका थिए। तर शनिबार रातिदेखि एमाले उम्मेदवार शिवाकोटी अगाडि लागे। आइतबार अपरान्हतिर कार्कीले  शिवाकोटीलाई उछिने। सोमबार विहानसम्म कार्कीको अग्रता कायम छ।

अब विगु गाउँपालिका १ को लामावगर, २ को ओराङ र ३ बुलुङको मत गन्न बाँकी छ। यस्तै शैलुङ गाउँपालिका १ को दुधपोखरी र  २ को भुषाफेदा तथा मेलुङ गाउँपालिका १ को पवटी र ३ माथिल्लो घ्याङको मत गन्न बाँकी छ।

दोलखाको प्रदेश १ मा कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा  एमालेका भरतबहादुर केसी निर्वाचित भइसकेका छन्। जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए। एक लाख ६१ हजार चार सय ५० मतदाता रहेकोमा  ८५ हजार तीन सय ८८ खसेको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर