काठमाडौं- नेपाल र यूएई बीचको क्रिकेट सिरिजमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।
१ दिवसीय क्रिकेट सिरिज भइरहेको स्थान कीर्तिपुरमा भारतमा दर्ता रहेका विभिन्न अनलाइन साइटमार्फत पेशेवर रूपमा अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले उनीहरूलाई शुक्रबार पक्राउ गरी थप अनुसन्धान जारी रहेको ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। उनका अनुसार खेल हेर्ने बहानामा उनीहरू सट्टेबाजीमा संलग्न रहेका पाइएको छ।
यसअघि पहिलो खेलमा यस्ता शंकास्पद गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी गरी अनुसन्धान गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation