८ कार्तिक २०८३, शनिबार

प्रदेश सभाको सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

  • १४ असोज २०७९, शुक्रबार
Image

काठमाडौं- सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन्। 

आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए। साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ। 

एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ। 

सत्ता गठबन्धनले प्रितिनिधि सभाका लागि १६० सिटमा भागबण्डा गरेको छ। जसअनुसार नेपाली कांग्रेसले ८६ सिट पाउने भएको छ। गठबन्धनमा सहमति अनुसार जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चिति छ। राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको छ।


प्रतिक्रिया

सम्बन्धित खवर