काठमाडौं- पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार आफ्नो टोली घोषणा गरेका हुन्।
मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको राष्ट्रिय टोली नोभेम्बर १३ मा नेपाल आउनेछ। मैत्रीपूर्ण खेल नोभेम्बर १६ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
एन्फाले खेलको टिकट मूल्य सामान्य प्यारापिटको लागि ५०० र भिआइपी प्यारापिटको लागि एक हजार तोकिएको छ। एक भाग्यशाली विजेताले ब्राजिल र क्यामरुन बीचको विश्वकप खेलको टिकट पनि जित्नेछ।
नेपाली टोली :
गोलकिपर : विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का
मिडफिल्डर : तेज तामाङ, सेसेहाङ आङ्देम्बे, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, अरिक विष्ट, आभास लामिछाने
फरवार्ड : अन्जन विष्ट, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनील बल, रितिक खड्का, सुजल श्रेष्ठ
© Lok Kalam . Designed and Developed by Goldenmud Creation