८ कार्तिक २०८३, शनिबार

महिला ४ सय मिटर रिले दौडमा आर्मीलाई स्वर्ण

  • २ कार्तिक २०७९, बुधबार
Image

पोखरा- नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला ४ गुणा १०० मिटर रिले दौडमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितको छ। आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण जितेको हो।

आर्मीका लागि रमिता गुरुङ, सरस्वती चौधरी, जयरानी थारू र निर्मला थापाले ४९.६० सेकेण्डमा दूरी पूरा गरे। गण्डकीका लागि मसिना अधिकारी, अनिसा भण्डारी, सविना खातुन मियाँ र निशा घर्तीले ५२.७५ सेकेण्डमा दूरी पूरा गर्दै रजत पदक जिते।

बागमतीका लागि रजिता दुलाल, स्वगता खाइजू, प्रकृति सुवाल र लुजना आमात्यले ५२.७६ ले दूरी पूरा गर्दै कास्य पदक जितेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर