८ कार्तिक २०८३, शनिबार

गगन अन्तत: काठमाडौं-४ मै चुनाव लड्‍ने, दिउँसो २ बजे उम्मेदवारी दर्ता

  • २३ असोज २०७९, आइतबार
Image

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं ४ बाट उम्मेदवारी दिँदै छन्। महामन्त्री थापाले आइतबार दिउँसो २ बजे बूढानीलकण्ठस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न लागेका हुन्। 

सर्लाही ४ बाट थापाको नाम एकल सिफारिस भएपनि उनी काठमाडौं ४ बाट चुनाव लड्ने भएका हुन्। यसअघि गगन सर्लाही-४ बाट चुनाव लड्ने र यसअघि चुनाव जित्दै आएको काठमाडौं-४ मा स्वर्णिम वाग्लेलाई चुनाव लडाउने तयारी थियो। 

चर्को विरोध भएपछि अन्तत: गगन काठमाडौं-४ मा चुनाव लड्न तयार भएका हुन्। ०७० र ७४ मा थापा काठमाडौं ४ बाट निर्वाचित भएका थिए।

कांग्रेसले काठमाडौं १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ५ मा प्रदीप पौडेल, ६ मा भीमसेनदास प्रधान र १० मा राजेन्द्र केसीलाई उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनमा २ ७ र ९ माओवादी र ८ मा एकीकृत समाजवादीले उम्मेदवार दिने छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर