६ जेठ २०८१, आइतबार

'राष्ट्रपतिमा विदेशीको सिफारिस चल्नु लज्जास्पद'

  • ११ फागुन २०७९, बिहिबार
Image

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा भएको बताएको छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत रावलले पदका लागि भएको जति छलफल देश र जनताका लागि  गरेको भए जनतालाई राहत हुने बताएका छन्। 

‘पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि?’ रावलले भनेको छन्, ‘नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्न थाले। लज्जास्पद र निन्दनीय।’

प्रतिक्रिया

सम्बन्धित खवर