बर्दिया- खोलामा नुहाउने क्रममा बेपत्ता भएका दुई बालकको शव भेटिएको छ। बाँसगढि नगरपालिका माछागढका ९ वर्षीय विकल्प विक र सोही स्थानका ७ वर्षीय रोशन खत्रीको सुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।
स्थानीय ग्यांन नदीमा नुहाउन गएका दुवै बालक बिहीबार रातिसम्म घर नआएपछि इलाका प्रहरी कार्यालय मोतिपुरमा खबर गरिएको थियो। हराएका बालकको शव सोहि खोलाको किनारमा सुक्रबार बिहान फेला परेको प्रहरीले जनाएको छ।
घरमा कसैलाई थाहा नदिएर गएका उनीहरु सो खोलामा पौडि खेल्ने क्रममा डुबेको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation