१९ असोज २०७९, बुधबार

रुकुम दुर्घटना अपडेट : मृतक पाँचै जनाको सनाखत

  • ६ असोज २०७९, बिहिबार
Image

रुकुम- रुकुम पूर्वको भूमे गाउँपालिका–३ क्याङसीबगरमा भएको बस दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा भूमे गाउँपालिका-५ का २३ वर्षीय बुद्धिमान बुढा, पुथा उत्तरगङ्गा गाउँपालिका-८ का ३५ वर्षीय पूर्णबहादुर बुढा, रामेछापका बस चालक लीलाभक्त श्रेष्ठ, रुकुम पूर्वकै सिस्ने गाउँपालिका-६ की ४० वर्षीया लक्ष्मी खड्का र उनका दुई वर्षका छोरा सिजन रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख, प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।

दुर्घटनामा परि घाइते भएका १२ जनामध्ये ४ जनालाई उपचारका लागि कोहलपुर पठाइएको छ भने बाँकीको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको छ। काठमाडौंबाट रुकुमकोटका लागि छुटेको ग १ ख ९१०९ नम्बरको बस बिहीबार दिउँसो दुर्घटनामा परेको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर