८ कार्तिक २०८३, शनिबार

पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण

  • २१ जेठ २०७९, शनिबार
Image

काठमाडौं- पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार १८४ नमुना परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो।

९५७ पीसीआर परीक्षणमा ८ जना र एक हजार २२७ एन्टिजन परीक्षणमा पनि ८ जना नै संक्रमित भेटिएका छन्। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या भने ९ रहेको छ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ११० रहेको छ । मन्त्रालयका अनुसार हालसम्म एक करोड ८४ लाख ५२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर