८ कार्तिक २०८३, शनिबार

एक किलो ४२ ग्राम चरेश सहित बझाङका एक जना पक्राउ

  • २१ माघ २०८०, आइतबार
Image

काठमाडौं- लागु औषध चरेश सहित धनगढीबाट एक जना  पक्राउ परेका छन्।

 पक्राउ पर्नेमा बझाङ जिल्ला बित्थडचिर गाउँपालिका-२ का ४० वर्षीय धनबहादुर बोहरा लागु औषध चरेश सहित धनगढीबाट  प्रकाउ परेका हुन ।

 बोहराले चलाएको सुदुरपश्चिम प्रदेश ०४००१ प १४६७ नम्बरको मोटरसाइकलमा काटुनमा लुकाएर लगिरहेको अवस्थामा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

प्रहरीका अनुसार बोहराको साथबाट एक किलो ४२ ग्राम चरेश बरामद गरिएको हो।

 बोहरालाई धनगढी चौराहबाट सुदूरपश्चिम प्रदेश अनुसन्धानको टोलीले लागुऔषध चरेश सहित बोहरालाइ पक्राउ गरी, थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर