काठमाडौं- नेपालमा ‘प्रेम गीत ३’ हिन्दी भर्सन शुक्रवार रिलिज नहुने भएको छ। निर्माता एवं निर्देशक सन्तोष सेनले प्राविधिक कारणले हिन्दी भर्सन घटस्थापनाको दिनदेखि मात्रै रिलिज हुने बताएका हुन्।
बिहीबार फेसबुकमार्फत सूचना जारी गर्दै उनले शुक्रबार चलचित्र रिलिज गर्न नसक्ने स्थिति सिर्जना गराइएको बताएका छन् । चलचित्र रिलिज गर्न नसक्नुको वास्तविकता पछि जानकारी गराउने सूचनामा उल्लेख छ।
सूचनामा भनिएको छ, ‘आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूमा विभिन्न प्राविधिक कारणले ‘प्रेम गीत ३’ हिन्दी भर्सन १/२ दिन रिलिज गर्न नसक्ने स्थिति सिर्जना गराइयो। वास्तविकता पछि जानकारी गराउने नै छौँ। घटस्थापनाको दिन हिन्दी ‘प्रेम गीत ३’नेपालभरि प्रदर्शनमा आउने जानकारी गराउँदछौँ। अहिलेको लागि क्षमाप्राथि छौँ ।’
‘प्रेम गीत ३’ को हिन्दी डबलाई विदेशी मान्ने कि स्वदेशी भन्ने विवाद भइरहँदा बिहीबार मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्मकै मान्यता दिएको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation