काठमाडौँ । नेपाली चलचित्र उद्योगका सफल कलाकार राजेश हमाल हुन्। राजेशकै समकालीन करिश्मा मानन्धरले दुई पटक राजनीतिक पार्टी प्रवेश गरिसकेकी छन्।
हमालको भने पार्टी प्रवेशका चर्चा हुने र हराउने गरेका छन्। हमालले आफू राजनीतिमा लाग्ने तयारी गरेको खबर मनोरञ्जन बृत्तमा तरंगीत भएको छ।
कलाकार हमालसँगै क्याप्टेन विजय लामाले राजनीतिक यात्रा सुरु गर्ने तयारी थालेको बताइएको छ।
हमालले काठमाडौँ वा काभ्रेमध्ये एकठाउँबाट स्वतन्त्र उम्मेदवारी दिएर औपचारिक रुपमा राजनीतिक यात्रा थाल्ने तयारी छ। हमालले आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने संकेत दिएका छन्।
उनी स्वतन्त्र रुपमा राजनीतिमा आउने अथवा कुनै पार्टीको उम्मेदवार बन्ने भन्ने दोधारमा रहेका छन्। हिजो मात्रै राजनीति गर्ने भन्दै सञ्चारकर्म छोडेका रवि लामिछानेले हमाललाई सँगै लिएर हिँड्न खोजेको खबर सार्वजनिक भएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation