२२ भदौ २०८१, शनिबार

विद्यार्थी महोत्सवको आयोजना

  • ६ फागुन २०८०, आइतबार
Image

२०८० फागुन ०६ आइतबार

अनेरास्ववियुले युवाहरूमा कला, संस्कृति र राजनीतिक चेतनाको विस्तार गर्नेलगायतका उद्देश्यले विद्यार्थी महोत्सव आयोजना गर्ने निर्णय गरेको हो।

काठमाडौँ- विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो ६० औँ स्थापना दिवसको अवसर पारेर आगामी १ जेठमा महोत्सव आयोजना गर्ने निर्णय गरेको छ।नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थी महोत्सव गर्ने भएको अध्यक्ष समिक बडालले जानकारी दिएका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बडालले गत ४ फागुनमा सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महोत्सवमार्फत विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्ने, विद्यार्थीहरूको बहुआयामिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना राखिएको बताए।

महोत्सवमा कम्तीमा दुई लाख विद्यार्थी सहभागी गराउने अनेरास्ववियुले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर