३१ असार २०८१, आइतबार

काठमाडौँमा प्राइड सांगितिक कार्यक्रम हुदै

  • २० साउन २०७९, शुक्रबार
Image

काठमाडौँ-अगस्ट १२ अर्थात साउन २७ गते शुक्रबार दिउँसो ३:३० बजेदेखि टुँडिखेलमा अमेरिकी दूतावास र ब्ल्यु डाइमण्ड सोसाइटीले संयुक्त रूपमा  प्राइड सांगितिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा एकदेव लिम्बु, धर्मेन्द्र सेवान, रेखा शाह, त्रिशाला गुरुङ्ग, पिरू राना, कमल खत्री, सुबानी मोक्तान समेत कलाकारहरूले आफ्नो उत्कृष्ट प्रस्तुतिका साथमा नेपालमा LGBTQI+ समुदायले हासिल गरेका उपलब्धीहरूको प्रवर्द्धन गर्ने जानकारी अभियन्ता भूमिका श्रेष्ठले दिईन । हाम्रो समुदायले गाईजात्राको दिन बिभिन्न कार्यक्रम गरेर मनाउदै आएको छ र यो कार्यक्रम पनि हाम्रो समुदायलाई नै लक्षित गरेर आयोजना गरिएको श्रेष्ठले बताईन ।    


प्रतिक्रिया

सम्बन्धित खवर