काठमाडौं- नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।
नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको वि.सं. १९२३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)का दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका रूपमा मनाइने गरिएको हो ।
वि.सं. १९२३ भाद्र कृष्ण कुशे औँशीका दिन जन्मेर वि.सं. १९५३ भाद्र कृष्ण कुशे औँशीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए।
श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका भट्टले कथा, नाटक र निबन्धसमेतको रचना गरेका थिए।
थोरै बाँचेर पनि नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान दिएका भट्टले वि.सं. १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र प्रकाशनमा ल्याएका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation